कला/साहित्यआइतवार, श्रावण ८, २०७४

वेडिङ फोेटो अवार्ड प्राप्त १० तस्वीर

हिमालखबर

काठमाडौं फोटोग्राफर संघको आयोजनामा सम्पन्न क्यानन केपिए वेडिङ फोेटो अवार्ड–२०१७ को उपाधी चितवनका सुमन सापकोटाले हात पारेका छन् ।

सापकोटाले उपाधीसँगै क्यानन ६–डी क्यामेरा जितेका छन् ।

पहिलो पुरस्कार प्राप्त । तस्वीरः सुमन सापकोटा

वेडिङ फोटो अवार्डको दोस्रो पुरस्कार काठमाडौंका फोटोग्राफर ओमलाल अकेलाले पाएका छन् । उनले क्यानन ८० डी क्यामेरा पाए ।

दोस्रो पुरस्कार प्राप्त । तस्वीरः ओमलाल अकेला

त्यसैगरी तेस्रो पुरस्कार काठमाडौंकै मनोज रत्न शाहीले पाएका छन् । उनले क्याननकै ७५०–डी क्यामेरा पाएका छन ।

उत्कृष्ट १० मा पर्न सफल फोटोग्राफरहरुले स्न्यापर्स फोटो गुड्सको तर्फबाट म्यानफ्रोटोको ट्राइपड र लोएप्रोको क्यामेरा ब्याग पाएका छन ।

विजेताहरुलाई प्रमुख अतिथिद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शील्ड, पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

तेस्रो पुरस्कार प्राप्त । तस्वीरः मनोज रत्न शाही

पुरस्कृत भएका फोटोसँगै उत्कृष्ट १०० तस्वीरहरु बबरमहलस्थित आर्ट काउन्सिलमा ९ देखि ११ साउनसम्म प्रदर्शनीमा राखिने संघका अध्यक्ष भवदेब थापाले जानकारी दिए ।

प्रतियोगितामा ७ सयभन्दा बढी फोटोग्राफरका लगभग १२ सय फोटोहरु समावेश भएका थिए ।

योगेन्द्रजंग बस्नेत, रत्नमान आशु र बालकृष्ण श्रेष्ठ प्रतियोगिताको निर्णायक थिए । 

 

प्रतिकृया दिनुहोस