शर्माको मुद्दामा विशेषबाट मिसिल झिकाउने सर्वोच्चको आदेश
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिटमा सर्वोच्च अदालतले विशेष अदालतबाट मिसिल झिकाउन आदेश दिएको छ ।
आज न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हा रहेको वृहद पूर्ण इजलासले शर्माको मुद्दा विशेष अदालतमा पनि चलिरहेकोले त्यहाँबाट मिसिल मगाउने निर्णय गरेको हो ।
शर्माकी पत्नी कल्पना उप्रेतीले आफ्ना पतिलाई गैरकानूनी थुनामा राखेको भन्दै बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट दायर गरेकी थिइन् ।