जनप्रतिनिधिले गाउँपालिकाको नाम फेरे
गाउँपालिकाको बहुमत बोर्ड सदस्यको बैठकले उदयपुरको सुनकोशी गाउँपालिकाको नाम फेरेर लिङ्चिङ्बुङ गाउँपालिका राख्ने निर्णय गरेको छ ।
गाउँपालिकाको १३ सदस्यीय बोर्डका सदस्यमध्ये आठजना सदस्यले सुनकोशी गाउँपालिकाको नाम फेर्नु पर्ने प्रस्ताव ल्याएर बहुमतले पास गरेपछि सुनकोशी गाउँपालिकाको नाम फेरेर लिङ्चिङ्बुङ राख्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताएका छन् ।
यसका लागि बैठकले निर्णय गरिसकेको र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाएर स्वीकृत लिने तयारी भइरहेको गाउँपालिकाका उपाध्यक्ष रमिला राईले बताइन् ।
'सुनकोशी गाउँपालिका' नाम गरे नेपालमा धेरै गाउँपालिका रहेकाले यसको छुट्टै पहिचानका लागि किराँती राई भाषाबाट लिङ्चिङ्बुङ (बुकी फूल) नाम राखिएको स्थानीय प्रतिनिधिहरुले बताए ।
रासस