चन्द्रागिरी हिल्स र यती एयरलाइन्सबीच सम्झौता
चन्द्रागिरी हिल्स लिमिटेड र यती एयरलाइन्सबीच सेवाग्राहीलाई छुट दिने विषयमा सम्झौता भएको छ ।
सम्झौताअनुसार यती एयरलाइन्समार्फत हवाई यात्रा गरेका यात्रुहरुले यात्राको बोर्डिङ्ग पासका आधारमा चन्द्रागिरी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने भएका छन ।
त्यसैगरी चन्द्रागिरी केबलकारको टिकटका आधारमा ग्राहकले यती एयरलाइन्सको टिकटमा पनि ११ देखि २० प्रतिशतसम्म छुट पाउनेछन ।
यो योजना १ साउन २०७४ देखि असार २०७५ सम्म जारी रहने कम्पनीले जनाएको छ ।