पद्मश्री पुरस्कारका लागि पाँच पुस्तक छनोट
पद्मश्री साहित्य पुरस्कारका लागि गतवर्ष प्रकाशित पाँचवटा पुस्तक छनोट भएका छन् ।
६ साउनमा खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रेस विज्ञप्ती जारी गरी पाँच पुस्तक छनोट भएको जनाएको छ । जसमा जनकराज सापकोटाको ‘कहर’, कुमार नगरकोटीको ‘घाटमाण्डु’, राजा सरगमको ‘छाउघर’, नविन विभासको ‘रोल्पा सुइना’ र नवराज पराजुलीको ‘सगरमाथाको गहिराइ’ रहेका छन् ।
प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले यी पाँच पुस्तकबाट ‘विद्धान मुल्याङ्कनकर्ताहरुले उत्कृष्ट ठहराएको एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार अर्पण’ गरिने जनाएका छन् ।