निर्वाचन क्षेत्र निर्धारण आयोग गठन
२१ दिनको समयसीमा दिएर सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमलनारायण दासको अध्यक्षतामा आयोग गठन गरेको हो ।
चार सदस्यीय आयोगमा डा. विश्वकल्याण पराजुली, माधव अधिकारी र गणेश कार्की सदस्य रहेका छन् । आयोगको सदस्यसचिवको जिम्मेवारी टेकेन्द्र शर्मा पौडेललाई दिइएको छ ।
जनसंख्या र भूगोलका आधारमा आयोगले २१ दिनभित्र हाल कायम रहेका २४० निर्वाचन क्षेत्रलाई १६५ मा झार्नुपर्नेछ । त्यसैगरी आयोगले प्रदेशसभाका लागि ३३० वटा निर्वाचन क्षेत्र निर्धारण गर्नेछ ।