कला/साहित्यबिहिवार, श्रावण ५, २०७४

न्यूयोर्कमा लोक गायक नारायण रायमाझीलाई सम्मान

हिमालखबर

लोक गायक तथा संगीतकार नारायण रायमाझीको सम्मानमा न्यूयोर्कमा ‘विशेष सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम २०१७’ आयोजना गरिएको छ ।

न्यूयोर्कमा रहेका कलाकार तथा खेलाडीहरुद्वारा आयोजित कार्यक्रम ज्याक्सन हाईट स्थित शेर्पा किदुगको हलमा १५ जुलाई साँझ भएको कार्यक्रममा कलाकारहरु नारायण रायमाझी, पुरुषोत्तम न्यौपाने, सिर्जना बिरही थापा, मीन केसी, बिमल डाँगी, उदय भट्टराई, न्हुच्छे डँगोल, मधुर गिरी, सरीता डाँगी, अमृत रमदम, मधुर गिरी लगायतका कलाकारहरुले गीत, दोहोरी तथा लोकगीत साथै अन्य मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।

नृत्याङ्गाना अणु खड्का र निलिसा गौतमको नृत्यले सहभागीहरुलाई मनोरञ्जन दिएको थियो ।

सम्मान ग्रहणपछि लोक गायक तथा संगीतकार नारायण रायमाझीले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।

रायमाझीले पछिल्लो समय नेपाली चलचित्र निर्देशनमा समेत हात हालेका छन् । ‘गोरखा पल्टन’ र ‘परदेश’ उनले निर्देशन चलचित्रहरु हुन् ।
सोही कार्यक्रममा अर्का चर्चित लोकगायक एवम् रेडियो नेपालका वरिष्ठ कार्यक्रम उत्पादक पुरुषोत्तम न्यौपानेलाई पनि सम्मान गरिएको थियो ।
ङिमा पाख्रिन, न्यूयोर्कबाट

प्रतिकृया दिनुहोस