प्रदेश- २ मा स्थानीय तह निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचन आयोगले प्रदेश–२ का आठ जिल्लाका १२७ स्थानीय तह (गाउँपालिका/नगरपालिका) को २ असोजमा हुने निर्वाचनका लागि २१ भदौमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र २४ भदौमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार २ असोज बिहान ७ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म मतदान हुनेछ ।
निर्वाचन कार्यक्रम अनुसारका कार्यहरू सम्पादन गर्नको लागि आयोगले मुख्य/निर्वाचन अधिकृतको नियुक्ति लगायत अन्य आवश्यक तयारी गरिरहेको पनि आयोगले जनाएको छ ।
निर्वाचन कार्यक्रमको विस्तृत विवरण: