कास्कीमा चार दिनमै १३ सय बढी मतदाता थपिए
संघीय र प्रादेशिक निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले शुरु गरेको मतदाता नामावली दर्ताअन्तर्गत क्षेत्रीय निर्वाचन कार्यालय, कास्कीमा चौथो दिनसम्ममा एक हजार ३१४ जनाले नाम दर्ता गराएका छन् ।
१ साउनमा शुरु भएको मतदाता नामावली संकलन तथा अध्यावधिअन्तर्गत हालसम्म ५५८ महिला र ७५६ जना पुरुष मतदाता थपिएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।
उनका अनुसार १५ साउनसम्म क्षेत्रीय कार्यालय कास्की र १६ साउनदेखि कास्कीका चारवटै गाउँपालिका केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन गरिने भएको छ । रासस