हुवाईको वाई फाइभ बजारमा
हुवाईले वाई सिरिजको नयाँ स्मार्टफोन वाई फाइभ–२०१७ सार्वजनिक गरेको छ ।
उत्कृष्ट डिजाइन, ३००० एमएएचको ब्याट्री र स्मार्ट पावर सेभिङ सहितको विशेषताका कारण वाई फाइभ नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले दावी गरेको छ ।
यसमा २ जीबी र्याम, ५ मेगापिक्सलको फ्रन्ट र ८ मेगापिक्सलको रियर क्यामेरा रहेको छ ।
५ इन्चको एचडी डिस्प्ले रहेको वाई फाइभ–२०१७ को मूल्य १५ हजार ६०० तोकिएको कम्पनीले जनाएको छ ।