पूर्वराजा अस्पताल भर्ना
पूर्वराजा ज्ञानेन्द्र शाह उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपचारका लागि पूर्वराजा आज बिहान अस्पताल पुगेका थिए ।
शाहको स्वास्थ्य अवस्था सामान्य रहेको उनका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिए ।
प्रा.डा. यादव भट्ट नेतृत्वको टोलीले पूर्वराजा शाहको उपचार गरिरहेको छ । रासस