एनआईसी एशिया क्यापिटल लिमिटडलाई गुणस्तर रेटिङ्ग
एनआईसी एशिया क्यापिटल लिमिटेडले आईसीआरए नेपाल लिमिटेडबाट कोष व्यवस्थापनको गुणस्तर रेटिङ्ग एएमसी क्वालिटी–३ प्राप्त गरेको छ ।
उचित गुणस्तरीय व्यवस्थापन रहेको कम्पनीलाई आईसीआरए नेपालले गुणस्तर रेटिङ्ग प्रदान गर्ने गर्दछ ।
एनआईसी एशिया क्यापिटल लिमिटेड एनआईसी एशिया लिमिटेडको स्वामित्वमा रहेको संस्था हो ।
एनआईसी क्यापिटलले मर्चेन्ट बैंकिङ्ग, निक्षेप सदस्य, पोर्टफोलियो व्यवस्थापन, शेयर रजिष्ट्रारलगायत क्षेत्रमा परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।