आन्तरिक राजश्व संकलन अब ग्लोबल आइएमई बैंकबाट
ग्लोबल आइएमई बैंकले चारवटा आन्तरिक राजश्व कार्यालयबाट राजस्व संकलनको काम शुरु गरेको छ ।
बैंकले सिरहाको लाहान, धनुषा जनकपुर, सुनसरी धरान र दाङको तुलसीपुरबाट राजश्व संकलन सेवा शुरु गरेको हो ।
यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ ।
त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीतिपुर, अध्यागमन विभाग, उद्योग विभागलगायतका सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।