बस दुर्घटनामा दुईको मृत्यु, ३५ यात्रु घाइते
त्रिभूवन राजमार्गअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१ खानीगाउँमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।
कैलाश गाउँपालिकाको पकनेबाट काठमाण्डौका लागि छुटेको ना.४ ख. ४५६७ नम्बरको बस दुर्घटना खानीगाउँमा दुर्घटनामा परेको हो । बस सडकबाट तल खसेको हो । दुर्घटना हुँदा कैलास गाउँपालिकाको गोगनेकी कमला दोङको मृत्यु भएको छ । अर्का एक जना मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाएको छ । सामान्य घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र, पालुङमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
-सुरजकुमार भुजेल, मकवानपुर