यू–१९ विश्वकप छनोटः नेपालको लगातार दोस्रो जित
आईसीसी यू–१९ विश्वकप छनोट प्रतियोगितामा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको छ ।
टस जितेर मलेसियालाई ब्याटिङ्गका लागि निम्त्याएको नेपालले उत्कृष्ट बलिङको प्रदर्शन गरेको छ । मलेसिया २५ दशमलव ५ ओभरमा ५८ रनमै समेटियो । उसका कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
नेपालका लागि सन्दिप लामिछानेले ८ दशमलव ६ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । त्यस्तै पवन सर्राफले ३, किशोर महतो र सन्दीप सुनारले एक/एक विकेट लिए ।
प्रतिउत्तरमा नेपालले ५ विकेट गुमाउदै ९ दशमलव ५ ओभरमा ६१ रन बनायो । नेपालका लागि आसिफ सेखले २३ र प्रनित थापामगरले १८ रन बनाए । लगातार दुई जितसँगै नेपालले ४ अंक बटुलेको छ ।
नेपालको अर्को खेल ५ साउनमा अफगानिस्तानसँग खेल्नेछ ।