नेपाल एसिया कपबाट बाहिरियो, उज्वेकिस्तानसँग पराजित
एएफसी यु२३ एसिया कपबाट टीम नेपाल बाहिरिएको छ । युएईमा २ साउनमा उज्वेकिस्तानसँग पराजित भएपछि नेपालको छनौट हुने संभावना समाप्त भएको हो ।
उज्वेकिस्तानसँग २-० गोलअन्तरले पराजित भएपछि नेपाल अंक तालिकाको पुछारमा पुगेको हो । पहिलो खेलमा आयोजक युएईसँग हारेको नेपालले दुई खेलबाट एक अंक पनि जोड्न सकेन ।
आगामी वर्ष चीनमा हुने एसिया कपमा दश समूह विजेता र उत्कृष्ट पाँच उपविजेता छनौट हुनेछन् ।
समुह डि मा रहेको नेपालले ४ साउनमा लेवनानको सामना गर्दैछ ।