प्रधानमन्त्री ओलीले बालुवाटार छोडे
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोडेर भक्तपुरको बालकोटस्थित घरमा फर्किएका छन्।
व्यवस्थापिका संसदको बैठकले आज नयाँ प्रधानमन्त्री चयन गरेपछि उनी सिधै निजी निवास बालकोट गएका हुन्जा ।
व्यवस्थापिका संसद बैठकमा सहभागी हुन जानुअघि प्रधानमन्त्री ओलीले सुरक्षाकर्मी, सचिवालयका कर्मचारी र सहयोगीहरुसँग छुट्टाछुट्टै भेटेर उनीहरुले पुर्याएको सहयोगका लागि धन्यबाद दिएको र बालुवाटारस्थित सचिवालयको हातामा पीपलको विरुवा रोपेको पनि दाहालले जानकारी दिए ।