बाढीको उच्च जोखिममा डोल्पा सदरमुकाम
डोल्पाको सदरमुकाम दुनै बजार बाढीको उच्च जोखिममा रहेको छ ।
भेरी नदीमा पानीको बहाब बढेसँगै किनारमै रहेको दुनै बजार बाढीको उच्च जोखिम परेको हो ।
समुद्री सतहबाट दुई हजार ८५ मिटर उचाइमा सुख्खा भू–भाग रहेको दुनैमा पानी कम पर्ने भएपनि उच्च हिमाली भू–भागबाट हिँउ पग्लेर नदीमा पानीको बहाव बढ्ने गरेको छ ।
नदी किनारामै जग भएका झण्डै ७० घर बाढीको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिए ।
सदरमुकामको पूरै बस्ती जोखिममा भएपछि संरक्षणको लागि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय डोल्पाले नदीमा तटबन्द गर्ने काम गरिरहको छ । तर, काममा भएको ढिलाइले गर्दा त्रास बढ्दै गएको स्थानीयबासी बताउँछन् । रासस