प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मत
संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
प्रस्तावित प्रधानन्यायाधीश पराजुलीको अवधारणा, कार्ययोजना सुनेपछि बैठकले उनको योग्यता, क्षमता र अनुभवका आधारमा प्रधानन्यायाधीशका लागि योग्य ठहर गर्दै अनुमोदन गरेको हो ।
संवैधानिक परिषद्को १५ असारको बैठकले उनको नाम संसदीय सुनुवाईका लागि व्यवस्थापिका– संसद्मा पठाएको थियो ।
पराजुलीले २४ जेठदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले १५ वैशाख २०७५ सम्म प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नेछन् ।