एसिया कप छनौटमा नेपालको खराब शुरुवात
एएफसी यु२३ एसिया कप छनौटको पहिलो खेलमा यु२३ टीम नेपाल पराजित भएको छ । ३१ असारमा नेपाल आयोजक यु२३ युएईसँग ५ ० गोलको विशाल अन्तरले पराजत भएको हो ।
खेलको शुरुवातमै पेनाल्टीमार्फत एक गोलले पछि परेको नेपाल विरुद्ध युएईले मध्यान्तरअघि नै ४ गोल गरिसकेको थियो ।
नेपालले समूह डी को लेवनान र उज्जेकिस्तानसँग खेल्न बाँकी छ । यो समूहको उत्कृष्ट टीमले चीन हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । कूल १० समूह रहेकोमा उत्कृष्ट ५ रनर–अप पनि एसिया कपको छनौटमा पर्नेछन् ।