प्रधानमन्त्रीले संसदमा वक्तव्य दिने
व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिंदैछन् ।
गत महिना प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले व्यवस्थापिका–संसद्मा सार्वजनिक महत्वको विषयमा पहिलोपटक मन्तव्य दिन लागेका हुन् ।
संवोधनमा दाहालले सरकारका प्राथमिकता र आगामी कार्ययोजना समेत प्रस्तुत गर्नेछन् ।
त्यसैगरी आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले ‘सवारी तथा यातायात व्यवस्था (दोस्रो संशोधन) विधेयक, २०७२’ प्रस्तुत गर्ने कार्यक्रम छ । रासस