एनआईसी एशिया बैंकको ब्राण्ड एम्बेस्डरमा मनीषा कोइराला
एनआईसी एशिया बैंकको ब्राण्ड एम्बेस्डरमा मनीषा कोइराला नियुक्त भएकी छन् ।
बैंकले स्थापनाको २०औं वर्ष प्रवेश गरेको अवसरमा कोइरालालाई आगामी दुई वर्षका लागि ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।
कोइरालाको अनुबन्धले बैंकको व्यवसाय प्रबद्र्धनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । साथै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउँदै लैजाने जनाएको छ ।