समाचारबिहिवार, आषाढ २९, २०७४

कांग्रेसका संस्थापक नेता रामहरि जोशीको निधन

हिमालखबर

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि संघर्ष गरेका नेता रामहरि जोशीको आज निधन भएको छ ।

स्थापनाकालदेखि नै नेपाली कांग्रेसमा सक्रिय जोशीको ९३ वर्षको उमेरमा अस्पतालमा निधन भएको हो ।

स्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेका जोशीको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो । उनको आज, २९ असार साँझ ७ बजे निधन भएको अस्पतालले जनाएको छ ।

२०४८ र २०५१ सालको संसदीय निर्वाचनमा सर्लाहीबाट निर्वाचित जोशी २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए ।

कांग्रेसमा हालका नेतामध्ये सबैभन्दा पाका नेताका रुपमा रहेका उनी अविवाहित थिए । आजीवन पार्टी र प्रजातन्त्रका लागि लडी करिब नौ वर्ष जेल परेका उनको सम्पूर्ण उपचार खर्च व्यहोर्ने नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

 

 

प्रतिकृया दिनुहोस