शेयर बजार सूचक रातो
चालु आर्थिक वर्षको शेयर कारोबार हुने अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) पाँच अंकले घटेको छ । केही दिनदेखि निरन्तर हरियो देखिएको शेयर बजार २९ असारमा १५८२ अंकमा झरेको हो ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८८ ले घटेर ३३६ मा आईपुगेको छ ।
कुवेर मर्चेन्ट फाइनान्स, ग्लोबल आईएमई समुन्नत स्किम–१, दिव्याश्वरी हाईड्रो र नेसनल माईक्रोफाइनान्स वित्तीय संस्थाको शेयर ९ प्रतिशत भन्दा बढीले बृद्धि भयो । मिथिला लघुवित्त विकास ब्याङ्क, अरुण फाइनान्स, पोखरा फाइनान्स र सूर्य लाईफ इन्सुरेन्सका शेयरधनीहरु आज सर्वाधिक गुमाउनेको सूचिमा परे ।
दिनभरीमा कूल २० लाख ४० हजार ७२८ कित्ता शेयर ७४ करोड ६४ लाख ७७ हजारमा खरिदबिक्री भएको थियो ।