हुन्डाईको जोएफूल अफर
नेपालका लागी हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले हुन्डाई जोएफूल अफर ल्याएको छ ।
यो अफर अन्तर्गत ग्राहकहरुले हुन्डाई गाडीको खरिदमा आकर्षक छुट पाउनेछन ।
योजना अन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निःशुल्क इन्स्योरेन्स तथा रोड ट्याक्स र स्क्रयाच कुपन मार्फत रु १ लाख सम्मको थप नगद छुट प्राप्त गर्न सकिनेछ । साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।