डाबरले मनायो रजत जयन्ती
डाबर नेपाल प्रालिले स्थापनाको २५ औं वर्षगाँठ अर्थात् रजत जयन्ती मनाएको छ ।
डाबरको युनाइटेड अरव इमिरेट्स, इजिप्ट, नाइजेरिया, टर्की, श्रीलंका, बंगलादेश र भारतमा गरी १९ वटा उत्पादन केन्द्रहरु रहेका छन् ।
विश्वका १२० राष्ट्रमा आफ्नो उत्पादनको बिक्री भइरहेको डाबरले दावी गरेको छ ।
सन् १९८४ मा एसके वर्मनले स्थापना गरेको डाबरले रियल जुस, च्यवनप्रास, रेड टुथपेस्ट, हाजमोला, अमला हेयर आयल, हनी, लगायतका सामग्री उत्पादन गर्दै आइरहेको छ ।