कला/साहित्यबुधवार, आषाढ २८, २०७४

पत्रकार प्यासीको गीतमा गायक ढकालको स्वर

हिमालखबर

गीत रिकर्ड गरेपछि गायक रामकृष्ण ढकाल र गीतकार बलराम प्यासी जेनेरिक स्टुडियो, नक्सालमा ।

पत्रकार बलराम प्यासीले लेखेको गीतमा गायक रामकृष्ण ढकालले स्वर दिएका छन् । पत्रकार प्यासीको ‘साँची म मर्दा को को रोलान ?’ गीत गायक ढकालको स्वरमा २३ असारमा रिकर्ड गरिएको छ ।

वरिष्ठ संगीत संयोजक चाँद सिंहको जेनेरिक स्टुडियो, नक्सालमा गीत रिकर्ड गरेपछि गायक ढकालले भने, “यो गीत अलग धार र मन छुने छ । मलाई यो गीत गाउँदा भावनामा डुबेको पत्तै भएन ।” यो गीतमा संगीतकार गोपाल अधिकारीको संगीत रहेको छ ।

पत्रकार प्यासीले आफु मर्दा घरपरिवार र समाजमा कस्तो प्रतिकृया देखिएला भन्ने परिकल्पना गरेर गीत लेखेका हुन । १९ चैत, २०७३ मा आफ्ना मित्र एवं नेपाल स्काउटका मध्यमाञ्चल क्षेत्रीय आयुक्त मणी मल्लको मृत्यु हुँदा यो गीत लेखिएको बताए । केही दिनपछि यो गीत सार्वजनिक गरिने उनले बताए ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय प्यासीले लेखेको पहिलो बालगीत ‘बाबा मलाई खेलौना हैन राम्रो शिक्षा दिनुस्’ २०७२ को राष्ट्रिय बालदिवसमा गायनतर्फ पहिलो भएको थियो ।

प्रतिकृया दिनुहोस