चिकित्सा शिक्षाका विकृति विरुद्ध आन्दोलन शुरु, डा. केसी १ साउनदेखि अनशन बस्दै
निजी मेडिकल कलेजहरुले मेडिकल काउन्सिलले छनोट गरेका विद्यार्थी भर्ना नलिई कम योग्यता भएका विद्यार्थी भर्ना गरेको, तोकिएको भन्दा बढी शुल्क लिएको, त्रिविले मेडिकल शिक्षामा चर्को शुल्क तोकेको विरोधमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।
२७ असारदेखि चरणवद्ध रुपमा शुरु भएको आन्दोलनबाट नियामक निकायलाई जवाफदेही हुन र मेडिकल कलेजहरुलाई विद्यार्थी भर्नामा पारदर्शीता अपनाउन माग गरिएको डा.गोविन्द केसी अलाएन्सका संयोजक डा. जीवन क्षेत्रीले बताए ।
युनिभर्सल र नेशनल मेडिकल कलेजले अनियमित तरिकाले विद्यार्थी भर्ना गरेको र त्यो काममा त्रिविले साथ दिएको भन्दै उनले मेडिकल कजेलजहरु विरुद्ध आन्दोलन चर्काउने जानकारी दिए ।
यसैबीच पूर्वनिर्धारित कार्यक्रम अनुसार चिकित्सा शिक्षा सुधारका लागि पटक–पटक अनशन बस्दै आएका डा. गोविन्द केसी १ साउनदेखि आमरण अनशन बस्ने भएका छन् ।
गलत काम गर्ने त्रिवि पदाधिकारीलाई कारवाही गर्नुपर्ने र संसदबाट चिकित्सा शिक्षा विधेयक पारित हुनु पर्ने डा केसीका मूख्य माग हुन् ।
रामु सापकोटा
*सच्याईएको