११ औं शैक्षिक मेला हुने
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले ११ औं शैक्षिक मेला आयोजना गर्ने भएको छ ।
स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा विश्वविद्यालयको जानकारी दिन मेलाको आयोजना गरिएको ईक्यानले जनाएको छ ।
मेलामा नेपालका साथै भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायतलगायत देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता हुनेछ ।
मेलामा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्श, अभिभावक संघ नेपाल, ब्रिटिस काउन्सिल लगायतको समेत सहकार्य रहने छ ।
काठमाडौंको भृकुटीमण्डपमा ५ देखि ८ साउनसम्म आयोजना हुने मेलामा २३३ स्टलहरु रहने छन् ।