मैत्रीपूर्ण फुटबलमा नेपाल बिजयी
यु–२३ टीम नेपालले बंगलादेशको युवा टोलीलाई पराजित गरेको छ । ललितपुर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा २७ असारमा नेपाल १–० गोल अन्तरले विजयी भएको हो ।
टीम नेपालका कप्तान बिमल घर्ती मगरले खेलको २० औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए । बिमललाई अञ्जन विष्टले लोभलाग्दो पास मिलाईदिएका थिए ।
यु–२३ नेपाल र यु–२३ बंगालदेश दुबै एएफसी यु–२३ एसियन कप च्याम्पियनसीपको छनौट चरण खेल्ने तयारीमा छन् ।
एएफसी यु–२३ च्याम्पियनसीपको छनोट चरणमा यु–२३ टीम नेपालले ३१ असारमा युएई, २ साउनमा उज्बेकिस्तान र ४ साउनमा लेवनानको सामना गर्दैछ । एएफसी यु–२३ च्याम्पियनसीप ९ जनवरी २०१८ देखि चीनमा शुरु हुँदैछ ।