भत्ताको रकम असहाय बालबालिकालाई
बाजुराका पत्रकार प्रकाश सिंहले भत्ता बापत पाएको रकम असहाय महिला तथा बालबालिकाहरुलाई हस्तान्तरण गरेका छन् ।
सिंहले विभिन्न गोष्ठी तथा बैठकबाट पाएको १५ हजार रुपैंया सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् ।
सिंहले जिल्ला बाल कल्याण समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेलाई रु १५ हजार ८० को बैंक भौचर हस्तान्तरण गरेका छन् ।
चार महिनाको अवधिमा २२ ओटा बैठकबाट आएको भत्ता असहाय बालबालिका तथा महिलालाई सहयोग गरेको सिहंले बताए ।
सिंहले दुर दराजमा रहेका विपन्न महिला, असहाय बालबालिका तथा महिलालाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।
उनी महिला तथा बालबालिकाको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका छन् । सिंह नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष हुन् ।