जापानको फुकुओकामा आईएमई–क्योदाईको नयाँ शाखा
जापानबाट नेपाललगायत विभिन्न देशमा रेमिट्यान्स कारोबार गर्दै आएको आईएमई–क्योदाई रेमिट्यान्सले जापानको फुकुओकामा नयाँ शाखा विस्तार गरेको छ ।
आईएमई रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, क्योदाई रेमिट्यान्सका प्रमुख याचिरो किमोतो र एनआरएन जापानका उपाध्यक्ष टंक गैरे लगायतको उपस्थितिमा नयाँ शाखाको शुभारम्भ गरिएको हो ।
नेपाली विद्यार्थीहरुको बाहुल्यता रहेको फुकुओकामा सहज सेवा प्रवाहका लागि शाखा विस्तार गरिएको शाखा प्रमुख रामकृष्ण श्रेष्ठले जानकारी दिए ।