मस्र्याङ्दी गाउँपालिकाको बजेट ३८ करोड ४२ लाख
लमजुङको मस्र्याङ्दी गाउँपालिकाको गाउँ सभाले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि रु ३८ करोड ४२ लाखको बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको छ ।
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गाउँ सभामा प्रस्तुत गरेको बजेटमा गाउँपालिका वित्तीय समानीकरण अनुदानतर्फ रु १७ करोड ५७ लाख, सशर्त अनुदानमा रु ११ करोड ८४ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु १८ लाख र आन्तरिक आयतर्फ कर, सेवा शुल्क र दस्तुरसमेतबाट रु १५ लाख उल्लेख गरिएको छ ।
यस्तै सामाजिक सुरक्षा भत्तातर्फ रु सात करोड ९० लाख, रजिष्ट्रेशन शुल्क बाँडफाँडबाट रु १० लाख, राजस्व बाँडफाँडबाट प्राप्त रु २० लाख आय अनुमान गरिएको छ । रासस