आज नेपाल र बङ्गलादेश भिड्दै
संयुक्त अरब इमिरेट्स(युएई) मा हुने एएफसी २३ वर्षमुनि (यू–२३) च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग २७ असारमा मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को खेल मैदानमा हुने उक्त खेलको सम्पूर्ण तयारी पूरा भएको आयोजक एन्फाले जनाएको छ । यू–२३ का मुख्य प्रशिक्षक राजुकाजी शाक्यले मैत्रीपूर्ण खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको छ भन्दै एसियन कप छनोट खेलका लागि मैत्रीपूर्ण खेलले सहयोग गर्ने बताए । त्यस्तै कप्तान विमल घर्ती मगरले १६ वर्षमुनि र १९ वर्षमुनि टोलीमा समावेश खेलाडी सहभागी भएकाले पनि तयारी राम्रो रहेको बताए ।
बङ्गलादेशका अष्ट्रेलियाली कोच आन्द्रे ओर्डले नेपालविरुद्धको खेल कठिनका साथै प्रतिस्पर्धात्मक हुने बताए । बङ्गलादेशका कप्तान सोहिल रानाले आफ्नो टोलीले सकेसम्म राम्रो खेल प्रदर्शन गर्ने बताउँदै आजको खेल जितेमा आत्मविश्वास बढ्ने बताए
बङ्गलादेशविरुद्धको खेल र युएइमा हुने छनोट प्रतियोगिताका लागि मुख्य प्रशिक्षक शाक्यले २५ असारमा घर्ती मगरको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए । रासस