१ देखि १५ साउनसम्म मतदाता नामावली संकलन हुने
निर्वाचन आयोगले १ देखि १५ साउनसम्म मतदाता नामावली संकलन गर्ने भएको छ ।
आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको नामावली संकलन गरिने भएको हो ।
मतदाता नामावलीमा नाम समावेश नभएका व्यक्तिले नागरिकताको प्रमाणपत्र लिई स्थायी बसोबास भएको जिल्ला निर्वाचन कार्यालयमार्फत नाम दर्ता गराउन सक्नेछन् ।
यसअघि प्रकाशित नामावलीमा कुनै त्रुटी भए सच्याउनका लागि यही अवधिभित्र जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।