ग्लोबल आईएमई बैंकमा गाभियो रिलायवल डेभलपमेन्ट बैंक
रिलायवल डेभलपमेन्ट बैंक ग्लोबल आईएमई बैंकमा मर्ज भएको छ ।
मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडले एकीकृत कारोबार सञ्चालन गरेको छ ।
एकीकृत कारोबारसँगै ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ८ अर्ब पुगेको छ ।
मर्जरपछि ग्लोबल आईएमई बैंकको ११२ शाखा र ११४ वटा एटिएम पुगेको बैंकले जनाएको छ ।