जनताको गुनासो सुन्न, गृह मन्त्रालयले शुरु गर्यो टोल फ्री नम्बर
गृह मन्त्रालयले आजदेखि १११२ नम्बरको टोल फ्री सञ्चालनमा ल्याएको छ ।
आज बिहान मन्त्रालयमा गृहमन्त्री जनार्धन शर्माले जुम्लाका सेवाग्राहीको फोन रिसिभ गरेर टोल फ्री नम्बरको उद्घाटन गरेका हुन् ।
स्थानीय प्रशासनमा ढिलासुस्ती, अनियमितता र शान्ति सुरक्षासँग सम्बन्धित गुनासो सुन्न टोल फ्री नम्बर सञ्चालनमा ल्याएको गृहमन्त्री शर्माले बताएका छन् ।
टोल फ्रि नम्बर १११२ मा फोन गरेर, [email protected] मा इमेल गरेर वा ट्विटर अकाउन्ट @mohagunaso मार्फत गृह मन्त्रालयमा सिधै गुनासो गर्न सकिने छ ।