संविधान संशोधनपछि मात्र सरकार विस्तार: उपप्रधानमन्त्री महरा
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र सरकार विस्तार हुने बताएका छन् ।
प्रेस सेन्टर नेपाल, चितवनले २६ असारमा चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले संविधान संशोधनको प्रस्ताव लाने तयारी गरिरहेको बताए । उपप्रधानमन्त्री महराले भने “संविधान संशोधनको प्रस्ताव आज भोलि नै पेश हुन्छ ।” उनले मन्त्रालय भागबण्डामा खासै विवाद नरहेको बताए ।
उपप्रधानमन्त्री महराले भारतले लगाएको मालसामान तथा सेवा व्यवसाय कर (गुड्स एण्ड सर्भिस ट्याक्स-जिएसटी)को नेपालमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न छिट्टै एक टोली भारत जाने जानकारी दिए । रासस