खोलाले बगाएर तीनजना बालक बेपत्ता
खोलाले बगाएर २५ असार दिउसो बझाङका तीनजना बालक बेपत्ता भएका छन् ।
काँडा गाउँपालिका–२ धलौनका १५ वर्षीय लोकेन्द्र बोहरा, १४ वर्षीय धिरेन्द्र बोहरा र १६ वर्षीय उज्ज्वल बोेहरा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।
काँडा गाउँपालिका–२ स्थित घाँटखोला तर्ने क्रममा काठेपुल भाँचिदा तीनैजना बेपत्ता भएका हुन् । खोलामा झोलुङ्गे पुल नहुँदा यहाँका बासिन्दा काठेपुल बनाएर खोला तर्दै आएका थिए ।
बेपत्ता तीनैजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस