बंगलादेशको युवा फुटबल टाेली काठमाडौंमा
यु–२३ टीम नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्नका लागि यु–२३ टीम बंगलादेश काठमाडौं आईपुगेको छ । एएफसी यु–२३ च्याम्पियनसीपको छनोट चरणको तयारीमा रहेको टीम बंगलादेशका सदस्यहरु २५ असारमा काठमाडौं आईपुगेका हुन ।
दुई देशको युवा टोलीबीचको खेल ललितपुर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा २७ असार मध्यान्ह ३ बजे हुँदैछ ।
एएफसी यु–२३ च्याम्पियनसीपको छनोट चरणमा यु–२३ टीम नेपालले ३१ असारमा युएई, २ साउनमा उज्बेकिस्तान र ४ साउनमा लेवनानको सामना गर्दैछ । एएफसी यु–२३ च्याम्पियनसीप ९ जनवरी २०१८ देखि चीनमा शुरु हुँदैछ ।