मल्टिक्स ब्राण्डको थ्री–इन–वन भेहिकल बजारमा
मल्टिक्स ब्राण्ड गाडीको नेपालका लागि अधिकृत विक्रेता बाबा अटोमाटा ट्रेडिङ प्रालिले मल्टिक्स ब्राण्डका गाडीहरुको विक्री शुभारम्भ गरेको छ ।
नेपालमा व्यक्तिगत र व्यवसायीक दुबै प्रयोजनका लागि आवश्यक गाडीहरुको विक्री शुरु गरिएको कम्पनीले जनाएको छ ।
गाडिमा पनियसको ट्यू्ब्लर फ्रेम प्रयोग भएकोले बढी सुरक्षित हुने कम्पनीको दाबी छ । गाडीमा फोर स्ट्रोक इन्जिन रहेको छ । गाडिले २५ देखि ३० किलोमिटरको माइलेज दिने कम्पनीले जनाएको छ । मल्टिक्स ब्राण्डका गाडीमा १७२ एमएम देखि २२४ एमएमसम्मको ग्राउण्ड क्लियरेन्स रहेको छ ।
पाँच सिट क्षमताको मल्टिक्स दुई मोडल र विभिन्न चार रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
गाडिको मूल्य १२ लाख ५० हजार रुपैंया तोकिएको छ ।