बजाजको नयाँ शोरुम टाँडी र निजगढमा
हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले चितवनको टाँडी र बाराको निजगढमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज मोटरसाइकलको खरिद विक्रिका लागि टाँडी बकुल्लरमा निशास मोटर्स र बाराको निजगढमा नित्यम ट्रेडर्स सञ्चालनमा ल्याएको हो ।
नयाँ शोरुममा मोटरसाइकल खरिद विक्रिका साथै स्पेयर पार्टस तथा एसिसरिजको कारोबार हुने कम्पनीले जनाएको छ ।
नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुका लागि आकर्षक पुरस्कारको व्यवस्थासमेत गरेको छ ।