आजदेखि नारायणघाट–मुग्लिन खण्डमा राति गाडी चलाउन नपाइने
नारायणघाट–मुग्लिन सडकखण्डमा आजदेखि रातिको समयमा गाडी चलाउन नपाइने भएको छ ।
नारायणघाट–मुग्लिन सडक आयोजनाले मुग्लिनदेखि जलवीरेसम्मको सात किलोमिटर क्षेत्र पहिरोको उच्च जोखिममा रहेका कारण रात्रिकालीन समयमा सवारी आवागमन बन्द गरेको हो ।
व्यवस्थापिका–संसद् विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनअनुसार रात्रिकालीन आवागमन बन्द गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाले नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुबाहक सवारीसाधनलाई दासढुङ्गामा साँझ ६ बजेदेखि रोक लगाउने छ । त्यसैगरी मुग्लिनबाट नारायणघाटतर्फ जाने सवारीसाधनलाई आँबुखैरहनी र लेवरटारमा साँझ ७ बजेदेखि रोक लगाउने छ ।
नारायणघाटतर्फबाट बिहान ४ बजे र मुग्लिनतर्फबाट बिहान ५ बजे बाटो खुल्ला गरिने आयोजनाले जनाएको छ ।