विराटनगरमा कांग्रेसका भीम र इन्दिरा निर्वाचित
विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
महानगरपालिकाको मेयरमा भीम पराजुली र उपमेयर इन्दिरा कार्की निर्वाचित भएका हुन् । शनिबार राति १२ बजे सम्मपन्न मत गणना अनुसार पराजुलीले एमाले उम्मेदवार विनोद ढकालभन्दा ५,५१० बढी मत प्राप्त गरे ।
पराजुलीले २३,०३१ मत प्राप्त गरे भनें ढकालले १७,३२१ मत पाए ।
यस्तै उपमेयरमा कार्कीले निकटतम् प्रतिस्पर्धी भन्दा ८,६२२ बढी मत प्राप्त गरिन् । कार्कीले २०,१४६ मत प्राप्त गर्दा संघीय समाजबादी फोरम र माओबादी गठबन्धनकी नमिता न्यौपानेले ११,५२४ मत प्राप्त गरिन् ।
संघीय फोरमबाट मेयरका उम्मेदवार उमेश यादवले १४,९५८ मत प्राप्त गरे ।
एमालेसँगको गठबन्धनबाट उपमेयरमा उठेकी लोकतान्त्रिक फोरमकी सूची चौधरीले १०,५३६ मत पाइन् ।
महानगरका १९ मध्ये ७ वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । ५ वटा वडामा संघीय फोरम र ३ वटा वडामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
२ वटा वडामा स्वतन्त्र र एउटामा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्ष निर्वाचित भए । विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा प्रवेश गरेको १० वर्षमा पराजुली महानगरको मेयर बनेका हुन् ।
कमल रिमाल, विराटनगर