कला/साहित्यशुक्रवार, आषाढ २३, २०७४

पोखरामा मनसुन चित्र

हिमालखबर

पोखरामा ‘मनसुन २’ शिर्षकमा चित्रकला प्रदर्शनी शुरु भएको छ ।

सिर्जनशील कलाकार समूह पोखराको आयोाजनामा भएको प्रदर्शनीमा पोखराका अग्रज कलाकार दुर्गा बराल वात्सायानदेखि नयाँ कलाकारका चित्रकला प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा राखिएका चित्रहरु प्राय सबैजसो मनसुनसँग संवन्धित रहेको आयोजक समूहका कार्यवाहक अध्यक्ष मनोज तामाङले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा ३३ जना कलाकारका झण्डै ६६ वटा कलाकृति समावेश छन् ।

प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै कवि तीर्थ श्रेष्ठले कला र मनसुनबीच सम्बन्ध रहने बताए । सबै सिजनको आ–आफ्नै महत्व रहने भन्दै उनले थपे, “मनसुनको सौन्दर्य क्यानभासमा उतार्नु महत्वपुर्ण छ ।
युवराज श्रेष्ठ, पोखरा

प्रतिकृया दिनुहोस