कुपन्डोलमा एभरेष्ट बैंकको एटिएम
एभरेष्ट ब्याङ्कले गुरुद्वारा कुपन्डोलमा एटिएम सेवा प्रारम्भ गरेको छ । कुपन्डोल क्षेत्रका ग्राहक तथा सर्वसाधारणहरुलाई सर्वसुलभ ब्याङ्किङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले एटिएम सञ्चालन गरिएको ब्याङ्कले जनाएको छ ।
एटिएम सेवाको समुद्घाटन गुरुद्वारा गुरुनानक सत्संगका अध्यक्ष सरदार प्रितम सिंह र तथा ब्याङकका प्रमुख कार्यकारी अधिकृत ए.के. अहलुवालियाले संयुक्त रुपमा गरेका हुन ।
एभरेष्ट बैंकको ६१ शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर तथा ८६ एटिएम सञ्चालनमा छन् ।