फिफा वरियतामा नेपाल एक स्थान तल, जर्मनी एक नम्बरमा
विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरियतामा नेपाल दक्षिण एसियामा पाँचौ नम्बरमा छ । वरियतामा एक स्थान तल खस्केको नेपाल ११७ अंक सहित १७० औं स्थानमा छ ।
छिमेकी भारत ९६ औं, मालदिभ्स १४२, अफगानिस्तान १५५ र भुटान १६४ औं स्थानमा छ । बंगलादेश १९०, श्रीलंका १९७ र पाकिस्तान २०० औं स्थानमा छ ।
विश्व विजेता जर्मनी एक नम्बरमा उक्लिएको छ । यो वर्षको कन्फेडेरेसन कप जितेको जर्मनी १६०९ अंक सहित दुई स्थानमाथि उक्लिएको हो । दोस्रो स्थानमा ब्राजील, तेस्रोमा अर्जेन्टिना, चोथौमा पोर्चुगल र पाँचौमा स्विट्जरल्याण्ड छ ।