शेयर बजारमा उत्साह, साताको अन्तिम दिन नेप्से ३१ अंकले बृद्धि
साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक र कारोबार रकम दुबै बढेको छ । २२ असारमा नेप्से ३१.०५ प्रतिशतले बढेर १५८२.११ पुगेको छ ।
जम्मा १४८ कम्पनीको ३५ लाख ९ हजार ३९० कित्ता शेयर रु. ७६ करोड ३० लाख ६८ हजारमा किनबेच भएको हो । यो रकम अघिल्लो दिनको तुलनामा रु. २८ करोडले बढी हो ।
अरुण भ्याली हाईड्रोपावर, निर्धन उत्थान ब्याङ्क, नेपाल लाईफ इन्सुरेन्स, रिलाईबल माइक्रो वित्तीय संस्था र सूर्य लाईफ इन्सुरेन्स सर्वाधिक कमाउने पाँच कम्पनी हुन । प्रोग्रेसिभ फाइनान्स लिमिटेडका शेयर धनीले भने सबैभन्दा बढी गुमाए ।