बेलौरी नगरपालिकाको मेयरमा माओवादी उपमेयरमा एमाले
कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पल्लभराज भट्टलाई ३५७ मत अन्तरले पराजित गर्दै प्रमुखमा माओवादी केन्द्रका पोतिलाल चौधरी निर्वाचित भएका हुन् । चौधरीले ६ हजार ७६४ र प्रतिद्वन्द्वी भट्टले ६ हजार ४०७ मत प्राप्त गरे ।
उपप्रमुखमा भने एमालेका चित्रा चौधरी निर्वाचित भएकी छन् । उपप्रमुखमा चौधरीले ६ हजार ७४८ पाउनु भयो भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका राधा कँडेलले ६ हजार १६१ मत प्राप्त गरिन् ।
त्यसैगरी, नेकाका प्रमुख पदका उम्मेवार हरेन्द्र विष्टले पाँच हजार ४१२ र नेकाकै उपप्रमुखका उम्मेदवार खिना भण्डारीले पाँच हजार ६२७ मत प्राप्त गरेको बेलौरी नगरपालिका निर्वाचनको कार्यालयले जनाएको छ । रासस