खेलकुदबिहिवार, आषाढ २२, २०७४

भानु कपमा भद्रकाली क्लबको विजयी शुरुवात

हिमालखबर

दुई सय चार औँ भानु जयन्तीको अवसरमा तनहुँमा भानु कप फुटबल प्रतियोगिता शुरु भएको छ ।  भानु नगरपालिकास्थित डुम्रे भन्सार युवा परिवारद्वारा आयोजित प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले २१ असारमा उद्घाटन गरेका हुन ।
उद्घाटन खेलमा धादिङको भद्रकाली युवा क्लबले दमौलीको हैरान्स युवा क्लबलाई २–० गोलले पराजित गरेको छ ।

भद्रकाली युवा क्लबका तर्फबाट सविन बिडारी र शैलेन्द्र तामाङले एक÷एक गोल गरेका थिए । भद्रकाली युवा क्लबका बिडारी म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा २० टीम सहभागी छन् ।

प्रतियोगिताको विजेतालाई रु एक लाख एक हजार १११ र उपविजेतालाई रु ५० हजार पाँच सय ५५ नगद साथै मेडल ट्रफी र प्रमाण पत्र वितरण गरिने भन्सार युवा परिवारका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता घोषित गरी आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस